सप्तकोशीमा पानीको वहाव घट्दैं - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

सप्तकोशीमा पानीको वहाव घट्दैं

धरान, २९ असार : हिजो राती ५६ वटै ढोका खुला गरिएको कोशी व्यारेजमा अहिले २७ वटा मात्र ढोका खुला गरिएको छ ।

पानीको वहाव कम हुदै गएपछि २९ वटा ढोका बन्द गरिएको कन्ट्रोल रुमले जनाएको छ । पानीको वहाव उच्च भएपछि र बालुवा, माटो धेरै जम्मा भएपछि शनिबार मध्यराती ब्यारेजको ५६ वटै ढोका केही समयको लागि खुला गरिएको थियो । कन्ट्रोल रुमका अनुसार ५६ वटै ढोका खोलेर सफाई गरिएको थियो । आज विहान पानीको वहाव तथा स्तर कम हुदै गएपछि ढोका पनि क्रमशः बन्द गरिदै आएको थियो ।

विहान ६ बजे पानीको मापन २ लाख ६४ हजार क्यूसेक थियो । दिउँसो ४ बजे २ लाख १९ हजार क्यूसेकमा झरेको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.