लकडाउन के हो ? - pharaksandesh.com

मुख्य समाचार


Monday, 30 March 2020

लकडाउन के हो ?

रिना भट्ट 
आज पुरै बिश्वभरि लक डाउनको चर्चा भइरहेको छ। बिश्वको अधिकांस राष्ट्रहरु एक पछि अर्को गर्दै लकडाउनमा गइरहेका छन्। भारत, नेपाल सबै राष्ट्रहरू लक डाउनमा गइसकेको अबस्था आज छ। यो लकडाउन हाम्रो लागि एकदम नै नयाँ शब्द हो। हाम्रो संबिघान र कानुनमा कतै यो लकडाउन को उल्लेख पाईन्दैन। हाम्रो मात्र नभएर भारत अमेरिका बेलायत कतै को पनि संबिघान मा लकडाउन बारे उल्लेख गरिएको पाउदैन। यति हुदा हुदै पनि कानुनी प्रावधान बिना कसरी राष्ट्रहरूले एक पछि अर्को गर्दै आज लक डाउन गरिरहेका छन्।  यो थाहा पाउन लकडाउनको इतिहासको पनि जानकारी हुनु जरुरी हुन्छ । 

" लक डाउन शब्द" को प्रारम्भ सर्बप्रथम अमेरिकामा सन १९७० को दशक मा सुरु भएको थियो। यसको प्रयोग अमेरिकीले सर्बप्रथम सोहि समयमा गरेको थियो । अमेरिकी संबिधानले अमेरिकी जनतालाई "मौलिक हक" (fundamental Rights) अन्तर्गत एउटा यस्तो अधिकार दिएको छ, जुन अधिकार भनेको Right to Arms हो जसलाई प्रयोग गरेर सबैअमेरिकी नागरिकले आफ्नो सुरक्षाका लागि घरमा हातहतियार राख्न पाउने ब्यबस्था रहेको छ। यसको लागि उनीहरूलाई लाइसेन्स को पनि आबश्यकता हुदैन किनभने संबिघान ले नै मौलिक हक अन्तर्गत यो हक दिएको छ। जसको कारण हतियार अर्थात् पेस्तोल त्यहाँ को घर घरमा राखेको आज पनि पाइन्छ। यस्तो हतियार घरमै रहदा कहिले काहि बालबालिका र मानसिक अबस्था ठिक नभएको मान्छेहरुले चलाउने पनि देखियो। 

सोहि क्रममा सन १९७० ताका केहि स्कुलको कम्पाउन्डमा केहि बालबालिका र मानसिक स्थिति ठिक नभएको ब्यक्तीले अन्धाधुन्ध गोली प्रहार गरेर धेरै स्कुले केटाकेटी हरूको हत्या भएको थियो। यस्तो अबस्थामा स्कुल भित्र अध्ययन गरि बसेको बालबालिकालाई बाहिर लग्न असजिलो भएको थियो किनभने बाहिर गोली चल्ने क्रम नियन्त्रण हुन सकेको थिएन जसले गर्दा बालबालिकाको सुरक्षाको लागि कक्षा कोठामा ताल्चा लगाई धेरै दिन सम्म राखियो। जसलाई सर्बप्रथम अमेरिकीहरूले( lock down) 'लक' डाउनको नाम दिए। यसप्रकार ७०को दशकमा लकडाउनको सिद्धान्तको प्रारम्भ अमेरिकाबाट भयो जसको प्रयोग अमेरिकाले नै सेप्टेम्बर ११को आतंकबादी हमला पश्चात पनि सो स्थानमा आतंकबादी पत्ता लगाउनको लागि जनतालाई घर बाहिर निस्किन नपाउने गरि "लक डाउन" ब्यबस्था गरेको थियो ।

आज कोरोना भाईरसको कारण बिश्वको सबै राष्ट्रहरूले लक डाउन गरिरहेको अबस्थामा नेपालमा पनि लकडाउन दुई हप्ताको लागि भनेर मन्त्रिपरिषदको बैठकले तोकिसकेको छ। कर्फ्यु शब्दसंग हामी परिचित छौ तर लक डाउन शब्दसंग पहिलो पटक हामी परिचित हुदै छौँ । देशको सार्वभौमिकता र अखण्डतामा आच आउने अबस्था शान्ति सुरक्षामा खलल पुग्नसक्ने अबस्थामा देशको नागरिकको जीवनको रक्षार्थ कार्यपालिकाले आफ्नो मातहतका निकाय मार्फत नियन्त्रणका लागि चाल्ने कदम चै कर्फ्यु हो। यो अधिकार प्रदेश र संधिय कार्यपालिका दुवैलाई छ। तसर्थ कर्फ्यु आदेश कार्यपालिका मै निहित एउटा ब्यबस्था हुदा यसमा बहस गर्नु जरुरी छैन, यो कार्यपालिकामा निहित शक्ति हो जो संबिघान सम्मत नै छ। 

"लक डाउन " कुन कानुनको आधारमा नेपाल सरकारले जारी गरेको छ भन्ने जानकारी हुनु पनि आबश्यक हुन्छ। देशमा संकटकालको धोषणा नगरि लकडाउन गर्न मिल्दैन पनि बिज्ञहरू नभनेका होइनन्। नेपालमा दुईवटा यस्ता कानुनहरू छन् जसको आधारमा लकडाउनको प्रावधान नेपालमा लागु भएको छ। त्यो पहिलो कानुन भनेको "बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन ऐन २०७४" तथा दोस्रो भनेको "संक्रमण रोग ऐन २०२०" अन्तर्गत केन्द्रीय सरकार र प्रदेश सरकार दुवैले कार्यकारिणी अधिकारको प्रयोग गर्दै मन्त्रीपरिषदले निर्णय गर्न सक्छ। बिपद जोखिम न्युनीकरण तथा ब्यबस्थापन ऐन अन्तर्गतको बिपद न्युनिकरण तथा व्यवस्थापन आयोगको अध्यक्ष प्रधानमन्त्री भएकोले प्रधानमन्त्रीले मन्त्रिपरिषद मार्फत कोरोना भाईरस नियन्त्रणको लागि यो लक डाउनको घोषणा गर्नु कानुन सम्मत छ। जसले संक्रमणलाई रोकी धनजनको क्षतिलाई न्युन गर्न मद्दत गर्छ।

नेपालको केन्द्रीय सरकार अर्थात् संघिय सरकारले कोभिड १९ बाट उत्पन्न बिपतलाई न्युनिकरण गर्न कोरोना भाईरसलाई राष्ट्रिय बिपद धोषणा गरेर राष्ट्रिय बिपद न्युनीकरण तथा ब्यबस्थापन ऐन अन्तर्गत रही यो लकडाउन को घोषणा गरेको छ । केन्द्रीय सरकार र देशको सम्पूर्ण प्रादेशिक सरकारले यो निर्णयलाई मान्नु पर्ने प्रावधान यो ऐनमा छ। जसको आधारमा आज नेपालमा "लक डाउन "धोषणा भएको हो। यो प्रावधान लाई उल्लघंन गर्नेलाई यो कानुन अनुसार सजायको पनि ब्यबस्था गरेको हुनाले यसलाई हामी सबैले गम्भीरताका साथ प्रयोग गर्नुपर्छ। यो कानुनको प्रयोग राज्यले आफ्नो नागरिकको हितको लागि गरेको छ जसलाई हामीले खुसिका साथ पालना गर्नुपर्ने हुन्छ। यो कदम बिधी सम्मत छ साथै धेरै कठोर पनि छ। 

बास्तबमा यो हाम्रो स्वास्थ्य को लागि हाम्रो जिन्दगी को लागि र हाम्रो राष्ट् कै लागि हो त्यसकारण यसको पालना हामीले दबाबले होइन स्वेच्छाले गर्नु पर्छ। यदि हामी ले पालना गरेनौ भने हाम्रो ज्यानमात्र खतरा मा पर्ने होइन हामीले कानुनी झमेला मा नी अल्झिनू पर्ने हुन्छ। तसर्थ यो लकडाउन को पालना गरौ घरमै बसेर स्वस्थ र प्रसन्न रहौ र कोरोना भाईरस लाई हराउन सफल हौ भन्ने शुभकामना सम्पूर्ण हामी नेपाली जनतालाई……. 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.