कोरोनाले हामीलाई के सिकायो? - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 15 April 2020

कोरोनाले हामीलाई के सिकायो?

रीना भट्ट
बृटेनको प्रधानमन्त्री विन्सटन चर्चिलले कुनै बेला भनेका थिए "जीवन मा आउने संकट लाई सजिलै जान दिन हुदैन यस्ता संकट बाट हामीले केहि न केही सिख सिक्नु जरुरी हुन्छ"। किनभने हर संकटले हामी लाई केहि न सिकाएरै गएको हुन्छ। संसार मा जे घटना हरु घटने गर्छ सबैको पछाडि केही न केहि राम्रो पक्ष लुकेको हुन्छ। गीतामा भगवान कृष्ण ले भनेका थिए," जो भि हो रहा है अच्छे के लिए हो रहा है "अर्थात् बर्तमान मा भै रहेको सम्पूर्ण परिस्थितीले हामी लाई कतै न कतै केहि न केहि फाइदा पुर्याएकै हुन्छ भन्ने कुरा हामीले सधै मनन गर्न सक्यौ भने कहिले पनि हामी दुःखी भएर बस्नु पर्दैन।यो सबै कुरा लाई मनन गर्दै हामीले गहिरिएर बिष्लेषण गर्ने हो भने अहिले को महामारी भनिने कोरोना भाईरस को पछाडि पनि केहि सकारात्मक पक्ष छन जसबाट हामी ले धेरै कुरा सिक्न सक्छौ।

यो संग डराएर होइन सिखको रूपमा लिएर हाम्रो भबिष्यलाई नयाँ दिशा र सुखी खुसी बनाउन सक्छौ। यो संकट पष्चात हामी नयाँ जीवन जिउन सिक्छौ। यसले हाम्रो जीवन र संसार लाई के सिकायो? 
(१) यसले हामीलाई आफ्नो परिवार को साथ जीबन बीताउने कला सिकाएको छ। अक्सर हामी समय भयो भने साथिहरु संग धुम्न जाने पार्टी गर्ने सिनेमा हल मा जाने र नचाहिदो गफगाफ गर्ने गर्छौ तर कोरोना ले हामीलाई आफ्नो परिवार लाई नी समय दिई नाता लाई मजबुत बनाउनु पर्छ भन्ने सिकायो। 

(२) सिर्फ राजनीति शास्त्र को पुस्तकमा सिमित स्वतन्त्रता को परिभाषा लाई यो भाइरस ले बिश्व का करौडौ मानिस लाइ स्वतन्त्रता को महत्व र आफु खुसी ले स्वतन्त्र बाच्नु को महत्व लाई उजागर गर्दै लकडाउन कहिले खुल्ला र स्वतन्त्रता मिल्ला भनेर घरमै बसेर तपस्या तथा धैर्य गर्न सिकाइएको छ। 

(३) सम्पूर्ण बिश्व मा नै लकडाउन ले काम हरू ठप्प भएको अबस्था मा संसारका केहि ठूला ठूला ब्यापारीक कम्पनी हरूले आफ्नो कर्मचारी लाई घरमै बसेर आफ्नो आफ्नो प्रोडक्टिभ काम गर्न अर्हाएको छ जसले अफिस जाने नाममा हुने भिडभाड र ट्राफिक जाम बिना पनि काम गर्न सकिदो रैछ भन्ने सिकायो र काम गर्ने नयाँ नया तरिका अब अगाडि आउदै छ भन्ने हामीलाई जानकारी पनि दिएको छ । 

(४) यो भाइरस ले समाजमा ब्याप्त भेदभाव र उच्च निचको प्रथालाई लत्याई बिश्वको सम्पूर्ण मानव समुदाय राजा, प्रधानमन्त्री ठूला घराना का ब्यक्ती उच्च स्तरको धनिमानी ब्यक्ती ठूला कलाकार हरु देखि आम साधारण जनता लाई समेत उस्तै रुपमा आक्रमण गरेर समान ब्यबहार र समानता को सिद्धान्तको जानकारी दिदै अथाह धन सम्पत्तिले प बिपद नियन्त्रण गर्न सकिदैन भन्ने शिक्षा मानब जातिलाई दियो। कुनै पनि राष्ट्र ठुलो र सानो हुन्छ भनाइ लाई यसले सदाको लागि अन्त्य गर्ने काम गर्दैछ। 

(५)शक्ति शाली राष्ट्र त्यो हो जसले ठूला ठूला आणविक हतियार को भण्डारण होइन संस्कार र संस्कृति ले भरिएको जनता र आध्यात्मिक अनुशासन लाई महत्व दिन्छ भन्ने ज्ञान कोरोना ले सिकाएको छ। 

(६)बिज्ञान मा बिस्वास गर्दै चन्द्रमा र मंगल ग्रह मा पुग्ने बैज्ञानीकहरूलाई कोरोना भाईरस ले ठुलो चुनौती दिएको छ। एउटा भाईरसले हामीलाई चन्द्रमा र मंगल गर्ह् बाट सिधै जमीन मा पुर्याइदिएको छ। 

(७)ठूला ठूला मिसाईल र बम भन्दा खतरनाक रोग हो तसर्थ राज्यले यी क्षेत्रमा होइन अस्पताल र सक्षम डाक्टर को उत्पादन क्षेत्रमा खर्च गर्नु पर्छ भन्ने सिकाएको छ। 

(८)आज बिश्व को सबै तिर्थस्थल मन्दिर चर्च मस्जिद बन्द भएको छ यस्तो अबस्थामा सबै का घरनै तिर्थे स्थल बनेको छ जहाँ पुजा पाठ आ आफ्नो धर्म संस्कृति अनुसार भै रहेको छ घर घरमा दियो मैनबत्ती घण्टा बजेको छ। घरघरमा मानिस शाकाहारी भै रहेका छन्। घर घरमा बसेर घरको लक्ष्मण रेखा लाई पार कसैले गरेका छैनन् जसले आज बिश्व को सम्पूर्ण घर मन्दिर मा परिणत भएको अबस्था छ। 

(९)बिश्वमा अधिकांश स्थलमा मारकाट बन्द भएको छ माछा र मान्छे ले खाने जनाबर हरू सुखी र खुसीले बाचेका छन्। जुन ठूलो राष्ट्र मा आफूलाई पुग्दा गर्भले मानिस शिर उचाल्दथे आज उनीहरूले हाम्रो संस्कार र संस्कृतिको धनी धर्ति लाई सम्मान गरेका छन् यो हुनुमा हाम्रो आध्यात्मिक नियमको पालना नै हो भन्ने सिकाइएको छ। 

(१०)यो समयमा बिश्वको सम्पूर्ण मानव जाति आफ्नो परिवार मा बसेर माया प्रेम साटासाट गर्दै बृद्ध ले युवा लाई आफ्नो अनुभव र युवा ले बृद्ध लाई तकनिकी ज्ञान एक अर्का लाई दिई रहेका छन् जो कोरोनाको देन हो। 

(११)बिश्व बिगत एक महिना देखि लकडाउन हुदा सम्पूर्ण पर्याबहन नै तीस बर्ष अगाडि को स्वच्छ बाताबरण को अबस्था मा पुग्नु पनि सम्पूर्ण मानब जीवन र चराचर जगतको भबिष्यको सुनिस्चिता हो जो कोरोना ले मात्र सम्भव भयो। 

(१२)मानबजातिको मन सदैव भुतको घटना र भबिष्यको कल्पनामा नै घुम्ने गर्थ्यो तर यो लामो लकडाउन ले 

मानिस लाई बर्तमान मा जीवन जीउने कला सिकायो। कोरोना ले सबैभन्दा महत्वपूर्ण कुरा भनेकै बर्तमान मा जीउने तरिका र परिबारको साथ आबश्यक भन्ने सिकायो। यसरी कोरोना युगले बिश्व लाई सिकाइएको सिख लाई मनमा साचेर अगाडि बढ्न सक्यौँ भने हाम्रो भविष्य सुनिस्चित हुन्छ र पुनः हाम्रो जीवन कालमा यस्तो संकट को सामना हामी ले गर्नु पर्दैन। धन्यबाद 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.