स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ, १९ चैत : स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिनु भएको हो । अनियमितता र भ्रष्टाचारको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक ट्वीटर र आयोगको वेबसाइटमार्फत उजुरी दिन सक्ने व्यवस्था रहेकोमा पौड्यालले आयोगको वेवसाइटमार्फत उजुरी दिएको जानकारी दिनुभयो। 

बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै मन्त्री ढकालविरुद्ध उजुरी परेको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.