कनकाई विपद् कोषमा सहयोग प्राप्त हुन सुरु, ह्यापी लैण्डबाट २ लाख प्रदान - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

कनकाई विपद् कोषमा सहयोग प्राप्त हुन सुरु, ह्यापी लैण्डबाट २ लाख प्रदान

सुरुङ्गा, १९ चैत : कनकाई नगरपालिकाले कोरोना भाइरस (काेभिड–१९) राेगकाे राेकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको विपद् कोषमा सहयोग प्राप्त हुन सुरु भएको छ। कोषमा ह्यापी लैण्ड फनपार्क सेल्फी डाँडाबाट २ लाख रुपैँया सहयोग उपलब्ध भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो। 

यसैगरी विपद् कोषमा कनकाईनगर सुरुङ्गा घरभई हाल हङ्गकङ्ग निवासी रभि श्रेष्ठले १ हजार १ अमरेकी डलर अर्थात् १ लाख २० हजार ७ सय, रोटरी क्लव सुरुङ्गाले १ लाख १ हजार रुपैँया, कनकाई उद्योग वाणिज्य संघले ७५ हजार रुपैँया, नेकपा कनकाई नगर कमिटीद्धारा ५१ हजार रुपैँया, कनकाई ३ निवासी हाल अष्टेलियामा रहनुभएका दुर्गाप्रसाद उप्रेतीले २५ हजार प्रदान गरिसकेको जानकारी प्रमुख पोखरेलले दिनुभयो। 

कोषमा कनकाई नगरपालिकाका प्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाटसमेत विपद् कोषमा रकम जम्मा भएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो। नगरपालिकाले रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपद् व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.