सुरुङ्गा, १९ चैत : कनकाई नगरपालिकाले कोरोना भाइरस काेभिड–१९ राेगकाे राेकथाम तथा नियन्त्रणका लागि ३५ लाखको विपद् कोष स्थापना गरेको छ । आज एक पत्रकार सम्मेलन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विपद् कोष घोषणा गर्दै सहयोग गर्न अनुरोध गर्नुभएको हो।
कोषमा कनकाई नगरपालिकाका प्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाटसमेत विपद् कोषमा रकम जम्मा भएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो। रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपद् व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत प्रमुख पोखरेलले अनुरोध गर्नुभयो।
नगरपालिकाले विपद् व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापनमा खर्च गरिने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइटमार्फत सार्बजनिक गरिने प्रमुख पोखरेलले बताउनुभयो ।
कनकाई नगरपालिकाले दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।
No comments:
Post a Comment