नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित १०९ पुगे - pharaksandesh.com

मुख्य समाचार


Saturday, 9 May 2020

नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित १०९ पुगे

काठमाडौँ, २७ बैशाख : नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरि ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरि थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय ९ पुगेको छ ।




No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.