ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति - pharaksandesh.com

मुख्य समाचार


Saturday, 2 May 2020

ताप्लेजुङ आगलागी : सात करोड बढीको क्षति

ताप्लेजुङ, २० वैशाख : सदरमुकाम फुङ्लिङमा शुक्रबार राति भएको आगलागीबाट रु सात करोड बढीको क्षति भएको पाइएको छ । आज सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार रु सात करोड ६५ लाख ७२ हजार ७०० बराबरको क्षति भएको छ । 

सोमध्ये व्यक्तिगत रु सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ रु २२ लाख ४७ हजार ७०० को क्षति भएको पाइएको हो । आगलागीले आठ घर जलेका थिए । अन्य केही घरमा आंशिक क्षति भएको थियो । आठ घरमा डेरा, पसल गरी बस्ने २९ परिवार विस्थापित भएका छन् । आगलागीले आठ संस्थागत कार्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । पोखरेलको संयोजकत्वमा चार सदस्यीय क्षतिको विवरण सङ्कलन गर्न समिति बनेको थियो । 

राति करिब १०ः३० बजेदेखि शुरु भएको आगलागी बिहान मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागी प्रभावित परिवारलाई आज रेडक्रस, फुङ्लिङ नगरपालिका र ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले राहत वितरण गरेका छन् भने जिल्ला विपद् व्यवस्थापन समितिले भने आइतबार बैठक बसी क्षति विश्लेषण गरी राहत दिने तयारी गरेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.