लुम्बिनी भ्रमण वर्ष कार्यक्रम : देवदहमा श्रावण पूर्णिमा उत्सव - pharaksandesh.com

मुख्य समाचार


Friday, 16 August 2019

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम : देवदहमा श्रावण पूर्णिमा उत्सव

बुटवल, ३१ साउन : बुद्ध जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटक आगमन बढाउन विविध कार्यक्रम आयोजना गरिएका छन् । लुम्बिनीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण २०७६ अन्तर्गत ती कार्यक्रम भएका हुन् । 

भ्रमण वर्षको कार्यक्रमअन्तर्गत विहिबार गौतम बुद्धको मावली स्थल देवदह नगरपालिका–४, भवानीपुरमा श्रावण पूर्णिमा उत्सव आयोजना गरिएको छ । लुम्बिनीलाई केन्द्रमा राखेर हरेक महीनाको मासिक पूर्णिमा उत्सव बुद्धसँग सम्बन्धित स्थानहरुमा आयोजना गरिँदै आएको छ । 

सो कार्यक्रमको उद्घाटन प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्घाटन गर्नुभयो । उहाँले बुद्ध सर्किटलाई विस्तार गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो । 

सोही अवसरमा प्रदेशसभा सदस्य तथा संसद्मा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन गर्न आवश्यक रहेको बताउनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.