थप एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि, मृत्यु हुनेकाे संख्या ४ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 May 2020

थप एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि, मृत्यु हुनेकाे संख्या ४ पुग्याे

काठमाडाैँ, १२ जेठ : थप एक जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे छ । जेठ ४ गते मृत्युभएका व्यक्तिकाे स्वाव टेस्टकाे आज आएकाे नतिजामा पाेजेटिभ देखिएकाे हाे । याेसँगै  मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ ।

बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयाे । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज पछिल्लाे परीक्षण विवरण अनुसार थप ७ जनामा संक्रमित पुष्टि भएकाे छ । आज डिस्चार्ज हुनेकाे संख्या २४ रहेकाे छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.