काठमाडौंँ, २७ वैशाख : भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गर्नुभएको थियो ।
लखनऊ के भाजपा कार्यकर्ताओं से विडियो कांफ्रेंस के माध्यम से बातचीत हुई। कोरोना वायरस के ख़िलाफ़ लड़ाई में जनता की हर सम्भव मदद करने के लिए मैंने उनसे आग्रह किया।— Rajnath Singh (@rajnathsingh) May 8, 2020
कोई भूखा ना सोए इस पर ख़ास ज़ोर दिया गया है।सभी को मिलकर इस मुश्किल घड़ी में अपनी जिम्मदारियों का निर्वाह करना है। pic.twitter.com/PpZLueWxt1
नेपाल सरकार यसबारे जानकार रहे नरहेको र आगामी कदम के हुने भन्नेबारेको प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताउनुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘ लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्र्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।रासस

No comments:
Post a Comment