सेती प्रादेशिक अस्पताल कोरोनामुक्त - pharaksandesh.com

मुख्य समाचार


Saturday, 9 May 2020

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

धनगढी, २७ वैशाख  : कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना शुक्रबार कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज हुनुभएको छ ।

अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला शुक्रबार निको भई अस्पतालवाट डिस्चार्ज हुनुभएको हो । उहाँ कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ । 

अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले बताउनुभयो । अस्पतालको आइसोलेशनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको डा कमरले जानकारी दिनुभयो । उहाँको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जित्नुभएको हो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.