थप ६ जनामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमित संख्या २७३ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

थप ६ जनामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमित संख्या २७३ पुग्यो

काठमाडौँ, ३ जेठ :
पछिल्लो कोरोना परीक्षण रिपार्टअनुसार थप ६ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा बर्दिया, नार्खु ११ निवासी २८ वर्षीया महिला, सिराहा, सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीय महिला, चितवनको गढौली १ निवासी २५ वर्षीया महिला हुनुहुन्छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.