कोरियामा एक नेपालीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 May 2020

कोरियामा एक नेपालीको मृत्यु

–जीवन खत्री 
सउल, ३ जेठ : 
अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो ।

सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए ।

उक्त कम्पनीमा थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए । थापाको शव ख्यङ्जु नजीकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.