थप २५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित संख्या ४२७ पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

थप २५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमित संख्या ४२७ पुग्याे


काठमाडाैँ, ७ जेठ: आज थप २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ ।

नेपालमा संक्रमित संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

बाँकेमा ६, धनकुटामा ५, कपिलबस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई पोजेटिभ देखिएको हो कपिलवस्तुका ३ वर्षका बालक पनि सङ्क्रमित भएकाे प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष सङ्क्रमित भएका छन् ।

नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे छ । कोरोना सङ्क्रमण कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ भने ४५ जना उपचारपछि निकाे भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.