लेखे धेरै म पनि, देखे लेखाइ पाना भरिभरी भयो - pharaksandesh.com

मुख्य समाचार


Saturday, 27 June 2020

लेखे धेरै म पनि, देखे लेखाइ पाना भरिभरी भयो

मुक्तक
कमला गौतम
लेखे धेरै म पनि, देखे लेखाइ पाना भरिभरी भयो
सधै हिंसा बलत्कार छैन डर रत्ति नी घरिघरी भयो
लुटिने नारी जहाँ नी व्यवस्था कस्तोअवस्था यस्तो 
कानुन भएन नारी हो मान्छे राक्षस वरिपरी भयो।
1

तिमी दियौ सधै मन मलाई तिम्रो लाग्यो गुन मिठो
चाहिन्छ गीतलाई पनि संगीत आहा!भो धुन मिठो
यस्तै मिठो जीवन जीउ साथ तिम्रो म खुशी खुशी
देखे यस्तै जताततै फूलमा भमराको छभुनभुन मिठो।
2

तिमी चिन्यौ र म चिने पुरानो चिनजानी मन थियो
लुकामारी खेलेको बिर्सेउ र खेल्ने तिम्रै आँगन थियो 
पँधेरीमा गाग्री बोक्दा म समाइदिएको याद छ मनमा
लजालु थियौ जामामा राम्री तिमी शिरमा रिवन थियो।

कमला गौतम
काठमाडौँ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.