चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन - pharaksandesh.com

मुख्य समाचार


Thursday, 26 November 2020

चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन


काठमाडौं, ११ मङ्सिर :
विश्व प्रशिद्द अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको बुधबार निधन भएको छ ।

चर्चित फुटबल खेलाडी म्याराडोनाको यही नोभेम्बरको शुरुमा मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा निधन भएको हो ।

बीबीसीका अनुसार उहाँलाई मादक पदार्थको लत थियो र यसबाट छुटाउन उहाँको उपचार पनि सँगै भइरहेको थियो ।

६० बर्षीय म्याराडोना अर्जेन्टिनाका आक्रमक मिड फिल्डर हुनुहुन्थ्यो ।

८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रुपमा रहनुभएका म्याराडोना अर्जेन्टिनी फुटवल टिमको क्याप्टेन हुँदा सन् १९८६ मा अर्जेन्टिनाले विश्व कपको उपाधी चुमेको थियो । यसको अतिरिक्त उहाँको थुप्रै व्यक्तिगत विश्व रेकर्डहरु छन ।

उहाँले बार्सिलोना र नापोली क्लवहरुमा रहेर खेल्नुभएको थियो । उहाँले २ पटक सिरी-ए टाइटल इटालियनको तर्फबाट जिताउनु भएको थियो ।

म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाको लागि ९१ वटा खेलहरुमा ३४ गोल गर्नुभएको थियो ।

आफ्नो खेल जीवनको उत्तरार्धमा सन १९९१ मा उहाँले कोकिन प्रयोग गरेको प्रमाणित भएपछि १५ महिना खेलबाट प्रतिबन्धित हुनुपरेको थियो ।

म्याराडोनाले ३७ बर्षको उमेरमा व्यवसायिक खेलबाट सन १९९७ मा सन्यास लिनुभएको थियो ।

खेल जिवनबाट सन्यास लिएपनि उहाँले सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्नुभएको थियो र उहाँले सन २०१० को विश्वकपमा आफ्नो टिम जर्मनीसँग क्वाटर फाइनलमा पराजित भएपछि मुख्य प्रशिक्षकको जिम्मेवारी छाड्नुभएको थियो ।

म्याराडोनाको निधनले विश्वभरका फुटबल खेलाडी र खेलप्रेमीहरुमा ठूलो चोट पुर्‍याएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.