धर्मशास्त्रअनुसार यी हुन् गोप्य राख्नैपर्ने कुराहरु - pharaksandesh.com

मुख्य समाचार


Monday, 12 October 2020

धर्मशास्त्रअनुसार यी हुन् गोप्य राख्नैपर्ने कुराहरु

 

सामान्यतया आफ्नो जिवनमा घटेकता तथा आफूले गरिरहेका कुनैपनि कुरा आफ्नो साथीभाइ तथा आफन्तलाई सेयर गर्नु कुनै आश्चर्य होइन । तर धर्मशास्त्र अनुसार कतिपय कुरा यस्ता हुन्छन् जुन कुरा तपाईंले झुक्किएर पनि अरु सँग सेयर गर्न हुँदैन ।
के हुन् त ति गोप्य राख्नुपर्ने कुराहरु:
दान : धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाइ पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन ।

मन्त्र : यदि तपाईंलाई कुनैपनि गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्रलाई पनि गोप्य राख्नुस् । धर्मशास्त्र अनुसार गुरुले दिएको मन्त्र अरुलाई सुनाउँदै हिड्नु भयो भने त्यो मन्त्रले काम गर्दैन ।

यौन सम्बन्ध : तपाईंले कसैसँग यौन सम्बन्ध राखेको कुरा पनि सँधै गोप्य राख्नुस् । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो हुँदैन । यसले नकरात्मक असर पार्न सक्छ ।

घर परिवारको झगडा : तपाईंको परिवारमा पनि कहिलेकाहीं घर झगडा पर्न सक्छ । यो सामान्य कुरा हो । तर यो कुरा ख्याल राख्नुस् कि आफ्नो घरभित्र भएको झगडा अरु कसैलाई सुनाउनु हुँदैन । यदि सुनाउनु भयो भने अरुले तपाईंको कमजोरी थाहा पाएर त्यसैमा खेल्न सक्छन् ।

धन हानी : कहिं कुनै कारणले तपाईंको धन हानी भयो भने पनि त्यस्तो कुरा गोप्य राख्नुस् । यस्ता कुराहरु अरुसँग सुनाएर पनि तपाईको धन फर्किने होइन । यसबाट तपाईंको मजाक उडाउने बाहेक अरु केही हुँदैन ।

अपमान : तपाईं कहिं कतै जानु भयो र कसैबाट अपमानित हुनु भयो भने त्यो कुरा पनि गोप्य नै राख्नुस् । किनकी त्यही कुरालाई लिएर अरुले पनि तपाईलाई पटक–पटक खिल्ली उडाउने, होच्याउने काम गर्न सक्छन् ।

पद तथा प्रतिष्ठा : सामान्यता कुनैपनि मानिसहरुमा पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने स्वभाव हुन्छ । तर, पद र प्रतिष्ठाको विषयमा सकेसम्म आफूले अरुसँग कुरा गर्नु हुँदैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.