बालकविता
मेरो हो देश नेपाल जनजाति विविधता
भाषा र संस्कृती धर्मको पनि छ विविधता ।
पूर्वमा हाक्पारे गीत पश्चिमी देउडा लय
यिनी बुझ्ने भए हामी हुन्छ है देशको जय ।
बुद्धले विश्वको चित्र बनाए शान्ति गीतले
विश्वमाझ चिनाउंछौं शान्तिलाई यै रीतले ।
पुर्खाको वीरता शान विश्वमा छ प्रकाशित
आत्मबोध अरू रक्षा नेपालीहरूको हित ।
सबै मिली गरौँ राष्ट्र निर्माण कार्य सुन्दर
सेवाको भावले जागे,पर्न सक्छन् अरू भर ।
हामी छौं अहिले साना ज्ञान लिन्छौं खुसी भई
चिनाउनु छ जन्मभूमि विश्वमाझ अघि गई ।
(छन्द : अनुष्टुप्)
मेरो हो देश नेपाल जनजाति विविधता
भाषा र संस्कृती धर्मको पनि छ विविधता ।
पूर्वमा हाक्पारे गीत पश्चिमी देउडा लय
यिनी बुझ्ने भए हामी हुन्छ है देशको जय ।
बुद्धले विश्वको चित्र बनाए शान्ति गीतले
विश्वमाझ चिनाउंछौं शान्तिलाई यै रीतले ।
पुर्खाको वीरता शान विश्वमा छ प्रकाशित
आत्मबोध अरू रक्षा नेपालीहरूको हित ।
सबै मिली गरौँ राष्ट्र निर्माण कार्य सुन्दर
सेवाको भावले जागे,पर्न सक्छन् अरू भर ।
हामी छौं अहिले साना ज्ञान लिन्छौं खुसी भई
चिनाउनु छ जन्मभूमि विश्वमाझ अघि गई ।
(छन्द : अनुष्टुप्)

No comments:
Post a Comment