पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गयो - pharaksandesh.com

मुख्य समाचार


Friday, 21 August 2020

पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गयो

काठमाडौँ, ५ भदौ : ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।

कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । दुवै जना जटिल अवस्थामा उपचारका लागि बाहिरबाट रेफर भएर आएका बिरामी रहेको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालका अनुसार दुवै जनाको शुक्रबार बिहान उपचारको क्रममा निधन भएको छ । दोलखा निवासी ३० वर्षीया महिलाको उपचारको क्रममा बिहान करिब चार बजे मृत्यु भएको डा. गेलालले जानकारी दिनुभयो । उहाँ भदौ २ गते अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

सर्लाहीको मलङ्गवा निवासी ४६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट शुक्रबार बिहान करिब साढे पाँच बजे निधन भएको डा. गेलालले बताउनुभयो । उहाँ साउन ३१ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.