थप दुई जनाकाे कोरोना सङ्क्रमणका कारण मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 August 2020

थप दुई जनाकाे कोरोना सङ्क्रमणका कारण मृत्यु

काठमाडाैँ, ३ भदौ : पछिल्लाे प्राप्त विवरण अनुसार थप दुई जनाकाे कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाे छ । भक्तपुरका एक जना महिला र पर्साका एक जना पुरुषगरी दुई जनाकाे कोरोना सङ्क्रमणका कारण ज्यान गएकाे हाे ।

आज बिहान ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको ज्यान गएको थियो । ती महिलालाई गएको साउन २१ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय १६ पुगेको छ ।  

उता पर्सामा कोरोनाका कारण थप एक जनाकाे ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका व्यक्तिको ज्यान गएको नारायणी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

विर्ताका ८६ वर्षीय पुरुषको गएराति १० बजे गण्डक अस्पतालमा ज्यान गएको उहाँले बताउनुभयो । उहाँको स्वाब साउन २३ गते सङ्कलन गरिएको थियो । २६ गते आएको रिपोर्टमा उहाँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । 

आज ज्यान गुमाएका पुरुष र महिलाको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.