काठमाडाैँ, १३ असाेज : प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएकाे छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा छलफल भएपनि कुनै ठाेस सहमति जुट्न नसकेकाे हाे ।
आज प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको तीन घन्टा लामो छलफलमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको हो ।
गत बिहीबारदेखि निरन्तर छलफलमा रहेपनि सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन बन्दै आएकाे छ ।
६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्न गृहकार्य गर्ने गरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।
त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो ।
No comments:
Post a Comment