काठमाडौँ, १३ असाेज : पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय १३ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १० लाख ९ हजार २ सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा ७६ हजार २ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घन्टामा काठमाडौँमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी काठमाडौँ उपत्यकामा ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज ३ महिला र ७ पुरुष गरी १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । आज काठमाडौँ र बाँकेमा तीन तीन जना, मोरङ सर्लाही, महोत्तरी र चितवनमा एक एकको निधन भएको हो ।
स्वास्थ्य मन्त्रालयमा अनुसार आज थप ७ सय ३१ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज ७ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर २१३ जनाको आइसियुमा र ३४ जनाको भेण्टिलेटरमा उपाचार भइरहेकोे छ । हाल, नेपालमा २० हजार ३ सय ९६ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, ५ हजार ७ सय ७८ जना क्वरेण्टीनमा छन् ।
No comments:
Post a Comment