बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 September 2020

बुटवलमा ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

रुपन्देही, १७ भदौ : ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रसिङका आधारमा पिसीआर परीक्षण गर्दा ११ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

गएराति अबेर आएको रिपोर्ट अनुसार ११ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापाले जानकारी दिनुभयो । स्वाब संकलन गरेर पठाइएका १९ जना मध्ये अन्यको रिपोर्ट आउन बाँकी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.