मन्त्री गुरुङ सरकारको प्रवक्ता - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

मन्त्री गुरुङ सरकारको प्रवक्ता


काठमाडौं, ३ कात्तिक :
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी वहन गर्नुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चार मन्त्रालयको जिम्मेवारी हेरफेर भएलगत्तै गुरुङलाई असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ता तोकेको हो । गुरुङले आफू प्रवक्ता भएपछि सोमबार पहिलोपटक प्रेस ब्रिफिङ गर्नुभएको छ ।

मन्त्री गुरुङ सरकारको चौथो प्रवक्ता हुनुभएको छ । यसअघि गोकुलप्रसाद बास्कोटा, डा. युवराज खतिवडा र प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पाउनुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.