प्रधानमन्त्रीलाई गगन थापाको सुझाव– संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्नुस् - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव– संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने घोषणा गर्नुस्


काठमाडौं, ३ कात्तिक :
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुद्रा निर्णय गर्नुभन्दा सरकारले केही गर्न नसक्ने एकैपटक भनिदिन आग्रह गर्नुभएकाे छ। कोरोना उपचार नागरिक स्वयंले गर्नुपर्ने सरकारको निर्णयको उहाँले विरोध जनाउनुभएकाे हाे ।

पटक-पटक खुद्रा निर्णय गर्न भन्दा संक्रमितको संख्या गन्नबाहेक थप सरकारले गर्न नसक्ने निर्णय गर्न सुझाव दिनुभएकाे छ । एकमुष्ट सरकारी निर्णय गर्न थापा सुझाव दिदैँ थापा लेख्नुभयाे,‘बरु सिधै भनिदिनुस्-सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ।’

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.