काठमाडौं, ३ कात्तिक : जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ। सोमबार बिहान ११ बजे सुरु हुने बैठक सुरु हुने नेता केशव झाले जानकारी दिनुभयाे। बैठक भोलि पनि बस्ने छ।
बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, समायोजन लगायतका एजेन्डा रहेका नेता झाले बताउनुभयाे।
जसपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।
जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिकाे बैठक हो। यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो। त्यतिबेला बैठक बसेको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानमै यो बैठक पनि बस्ने बताइएको छ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन्।

No comments:
Post a Comment