आईपीएलः मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स विजयी - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

आईपीएलः मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स विजयी


काठमाडौं,  १९ असाेज :
इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत हिजो दुई खेलहरू सम्पन्न भएका छन् । यूएईको शारजाह क्रिकेट रंगशालामा आयोजित पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गर्दै गत वर्षको विजेता मुम्बई इन्डियन्स विजयी भयो ।

टस जितेर ब्याटिङ पहिला ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन जोड्यो । २ सय ९ रनको लक्ष्य पाएको हैदराबादले ७ विकेट गुमाउँदै १ सय ७४ रन मै समेटिन पुग्यो। जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लेको छ ।

हालसम्म पाँच खेल खेल्दा तीनमा जित र दुईमा हार बेहोरेको मुम्बईले ६ अंक जोडेको छ । हैदराबाद भने चार अङ्कसहित छैठौँ स्थानमा छ । त्यस्तै हिजै भएको अर्को खेलमा गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्सले शानदार जित दर्ता गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा किङ्स इलेभेन पन्जाबलाई १० विकेटले हराउँदै गर्दै चेन्नईले प्रतियोगितामा आफ्नो दोस्रो जित समेत निकालेको हो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पञ्जाबले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो ।

१ सय ७९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको चेन्नईले बिना कुनै विकेटको क्षतिमा १७ ओभर ४ बलमा लक्ष्य भेट्टाउन सफल भयो । आज आईपीएलमा एउटा खेल मात्र हुँदैछ । नेपाली समायानुसार साँझ सात बजेर ४५ मिनेटमा शुरू हुने खेलमा रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.