कोरोनाको उपचार गराइरहनुभएका ट्रम्पको आफ्ना समर्थकलाई ‘सरप्राईज भिजिट’ - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

कोरोनाको उपचार गराइरहनुभएका ट्रम्पको आफ्ना समर्थकलाई ‘सरप्राईज भिजिट’


काठमाडौं, १९ असाेज :
कोरोना भाइरसको संक्रमणपछि उपचाररत् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आश्चर्यजनक रुपमा अस्पतालबाट बाहिर आएर समर्थकहरुलाई भेट दिनुभएको छ ।

अस्पतामा भेला भएका शुभेच्छुक र समर्थकहरुलाई राष्ट्रपति ट्रम्पले मोटरकेडमा मास्क लगाएर गुडिरहेकै अवस्थामा अभिवादन गर्नुभएको हो । ट्वीटरमार्फत् आश्चर्यजन भेट दिने सार्वजनिक गरे लगत्तै राष्ट्रपति ट्रम्प मोटरकेडमा आएर समर्थकहरुको हौसला बढाउनु भएको हो ।

कोरोना महामारीको सही तरिकाले व्यवस्थापन गर्न नसकेको भन्दै आलोचित बन्नु भएका राष्ट्रपति ट्रम्पले आफैं संक्रमित भएपछि भाइरसका विषयमा धेरैकुरा सिक्नु भएको छ ।

राष्ट्रपति ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरुले राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा निरन्तर प्रगति भएको र सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने बताएका छन् । उपचार थालिएपछि राष्ट्रपति ट्रम्पको शरीरमा अक्सिजनको मात्रा दुई पटक तल झरेको र उहाँले डेक्सामिथासोन नामक स्टेरोइड औषधि लिन थाल्नु भएको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पलाई कोरोना पोजेटिभ देखिए लगत्तैदेखि थप अक्सिजन दिन थालिएको चिकित्सकहरुले बताएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.