धनगढीमा प्रहरी हत्या : असईको शव आफन्तले बुझेनन्, सोधपुछका लागि १३ जना नियन्त्रणमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

धनगढीमा प्रहरी हत्या : असईको शव आफन्तले बुझेनन्, सोधपुछका लागि १३ जना नियन्त्रणमा


डडेल्धुरा, ३ कात्तिक :
नेपाल–भारत सीमा क्षेत्रमा हत्या गरिएको अवस्थामा फेला परेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव आफन्तले बुझेका छैनन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज विकको धारिलो हतियार प्रयोग गरी मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो ।

ड्युटीकै क्रममा हत्या गरिएपछि विकका आफन्तले घटनाबारे सत्थतथ्य नआएसम्म शव नबुझ्ने बताएका हुन्। विकको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । ड्युटीकै क्रममा बेपत्ता भएका प्रहरी जवान रामसिंह साउनको अवस्था भने अझैसम्म अज्ञात रहेको छ ।

उनको एउटा जुत्ता र फुटेको अवस्थामा मोबाईल फेला परे पनि अवस्थाका बारेमा अझैसम्म थाहा हुन सकेको छैन। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यता घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ। आईतबार साँझ ११ र सोमबार बिहान २ जना गरि १३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रतिक बिष्टले बताउनुभयाे।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.