राजधानी दाङ प्रस्ताव गरेकाेमा प्रदेश सभामा कांग्रेसले गर्‍यो विरोध - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

राजधानी दाङ प्रस्ताव गरेकाेमा प्रदेश सभामा कांग्रेसले गर्‍यो विरोध


काठमाडौं, १९ असाेज :
प्रदेशको स्थायी राजधानी र नाम तोक्न सोमबार बसेको प्रदेश ५ को प्रदेशसभा बैठक नेपाली कांग्रेसले अवरोध गरेको छ।

विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरे।

'बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो?,’ संसदमा बोल्दै उनले भने, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’

उनले बहुमतले पेलेर नहुने र सर्वसहमतिबाट यो पास गर्नुपर्ने बताए। बैठक सुरू गरेलगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए।

कांग्रेस सांसदहरूले नाराबाजी समेत गरे। कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.