भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday 5 October 2020

भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु


नयाँदिल्ली, १९ असाेज :
भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६८५ पुगेको छ ।

भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २८६ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.