प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव पारित


रुपन्देही, २० असाेज :
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुइ तिहाइ बहुमतले पास भएको छ ।

प्रदेशसभामा रहेका ८७ मध्ये ८२ सांसदले मतदानमा सहभागी भएका थिए। जसमध्ये ६९ जनाले भालुवाङको पक्षमा मदतान गरेका थिए भने १३ जनाले विपक्षमा मतदान गरेका थिए।

नेकपाका सबै सांसदले पक्षमा मतदान गरेका थिए भने कांग्रेसका १९ मध्ये १३ जनामाले मात्र विपक्षमा मतदान गरेका थिए। बाँकीले भने भालुवाङलाई नै राजधानी बनाउने प्रस्तावको पक्षमा मत खसालेका थिए।

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावमाथि भने अहिले मतदान भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.