लोबुचे र मनास्लु आरोहरण गरेर बहराइनका राजकुमार काठमाडौंमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 19 October 2020

लोबुचे र मनास्लु आरोहरण गरेर बहराइनका राजकुमार काठमाडौंमा


काठमाडौं, ३ कात्तिक :
बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको टोलीले सोलुखुम्बुस्थित लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमालको सफल आरोहण गरि फर्केको छ।

राजकुमार शेख मोहम्मद सहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे र ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको हो।

सो टिममा बहराइन र बेलायतका पर्वतारोहीहरु सहभागी हुनुहुन्थ्यो।

हिमाल आरोहणका लागि राजकुमार सेख मोहम्मद सहितको १८ जनाको टोली गत भदौ ३१ गते नेपाल आएको थियो ।

कोरोना महामारीकै बीचमा नेपाल सरकारको मन्त्री परिषद्ले विशेष निर्णय गरेर राजकुमार शेख मोहम्मद सहितको टोलीलाई आरोहणको अनुमति दिने निर्णय गरेको थियो।

सन् २०२० लागेयता नेपालको हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

सेभेन समिट ट्रेक्समार्फत उहाँहरु आरोहणका लागि जानु भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.