प्रदेश ५ को स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमा मतदान सुरु - pharaksandesh.com

मुख्य समाचार


Tuesday 6 October 2020

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमा मतदान सुरु


काठमाडौं, २० असाेज :
प्रदेश ५ को स्थायी राजधानी र नामाकरणसम्बन्धी विभिन्न प्रस्तावमामाथि प्रदेश सभामा मतदान सुरु भएको छ।

प्रदेशसभामा दाङको देउखुरी क्षेत्रलाई प्रदेशको स्थायी राजधानी र नाम लुम्बिनी राख्ने प्रस्ताव सरकारले शुक्रबार पेस गरेको थियो।

त्यस्तै सरकारले राखेको प्रस्तावमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकले देशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्तावमा संशोधन हाल्न १८ घण्टाको समय उपलब्ध गराएको थियो।

प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्तावमा २ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। कांग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनीले स्थायी राजधानी दाङ बनाउने प्रस्तावमा संसोधन प्रस्ताव दर्ता गरेका हुन्।

थरुनीले अस्थायी मुकाम रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी छन् भने अर्यालले प्रदेशको स्थायी राजधानी पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीच भागमा राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकी छन्।

नामकरणसम्बन्धी प्रस्तावमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र पुर्मती ढेंगा मगरले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

सभामुखले ती सबै प्रस्तावलाई छलफलका लागि सदनमा पेश गरेका छन्। सरकारले पेस गरेको प्रस्तावमा संसोधन हाल्ने कुनै पनि सांसदले आफ्नो प्रस्ताव फिर्ता लिएनन् । ध्वनी मतको आधारमा उनीहरुको सांसोधन प्रस्तावको टुंगो लगाएपछि सरकारले पेस गरेको प्रस्तावमा मतदान हुने छ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.