आइपीएल अन्तर्गत आज दिल्ली र मुम्बाइबीच खेल हुँदै - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

आइपीएल अन्तर्गत आज दिल्ली र मुम्बाइबीच खेल हुँदै


काठमाडौं, २० कात्तिक :
इन्डियन प्रिमिएर लिग आईपीएल अन्तरगत आजबाट क्वालिफायर खेलहरु हुदैँ छन ।

क्वालिफायर अन्तर्गत आजको पहिलो खेल साविक विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स बीच हुँदैछ । युएइको दुबाई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ नेपाली समय अनुसार ७:४५ बजे खेल शुरु हुनेछ ।

त्यस्तै भोलि पहिलो एलिमिनेटरमा सनराइजर्स हैदराबाद र रॉयल चैलेंजर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

आज जित्ने टिम फाइनलमा पुग्ने हुँदा खेल महत्वपूर्ण मानिएको छ । अंक तालिकामा मुम्बई इण्डियन्स शिर्ष स्थानमा छ भने दोस्रोमा दिल्ली कैपिटल्स रहेको छ ।

त्यस्तै सनराइजर्स तेस्रो र रोयल चैलेंजर्स बैंगलोर चौंथो स्थानमा रहेका छन ।

बुधबार सनराइजर्स हैदरावादले शीर्ष स्थानको मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जितसँगै आईपीएल क्रिकेटको प्लेअफ समिकरण पूरा गरी क्वालिफायर राउण्डमा प्रवेश गरेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.