सांसद एवं नेपाली काँग्रेसका नेता केसीको निधन - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

सांसद एवं नेपाली काँग्रेसका नेता केसीको निधन


कास्की, १८ कात्तिक :
नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको आज गृहनगर पोखरामा निधन भएको छ । मधुमेह र उच्चरक्त चापबाट पिडित केसीको ६३ बर्षको उमेरमा उपचार कै क्रममा मृत्यु भएको हो ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बन्नुभएका केसीले शिक्षा, स्वास्थ्य र संचारको क्षेत्रमासमेत उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो । उहाँ पोखराको एक प्रतिष्ठित उद्योगी पनि हुनुहुन्थ्यो ।

उहाँको आजै पोखरास्थित शान्तिघाटमा अन्त्येष्टी गरिने भएको छ ।

उहाँ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्यसमेत हुनुहुन्थ्यो ।

उहाँ प्रेसर तथा सुगरको बिरामी हुनुहुन्थ्यो। उहाँको आज(मंगलवार) स्थानीय शान्तिघाटमा अत्येष्टि गर्ने कार्यक्रम छ।

केसी पहिलो संविधानसभामा संविधान सभा सदस्यसमेत रहनुभएको थियो ।

उहाँका श्रीमती र ३ छोरा हुनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.