विकट गाउँमा आधारभूत सेवा पुगेपछि स्थानीय हर्षित - pharaksandesh.com

मुख्य समाचार


Tuesday 3 November 2020

विकट गाउँमा आधारभूत सेवा पुगेपछि स्थानीय हर्षित


मनाङ, १८ कात्तिक :
सामान्य टाउको दुख्दा सिटामोल किन्न पनि दुई दिन लगाएर सदरमुकाम चामे धाउनुपर्ने मनाङ नार्पाभूमीका स्थानीयले अहिले गाउँमै उपचार सेवा पाएका छन ।

गाउँमा स्वस्थ्य चौकी स्थापना भएपछि उनीहरुले उपचारको सुविधा घरआँगनमा नै पाएका हुन ।

यतिमात्र होइन नार्पाभूमिका स्थानीयले अहिले शिक्षा, संचार जस्ता महत्वपूर्ण सेवा पनि गाउँमै पाएका छन ।

स्थानीय सरकार अर्थात स्थानीय तहको निर्वाचनपछि उनीहरुले यस्ता धेरै सुविधा गाउँमै पाएका छन। यसले संघीयताको महत्व कति हुँदो रहेछ भन्ने स्पष्ट पारेको उनीहरुको भनाइ छ ।

तर हिमाल पारिको जिल्ला मनाङको यो नार्पाभूमि गाउँपालिकामा भौगोलिक विकटतका कारण अहिलेसम्म मोटरबाटो भने पुग्न सेकेको छैन । मोटरबाटोको लागि ट्रयाक खोल्ने काम चाहिँ भइरहेको छ ।

यहाँ यातायात र सामान ढुवानीको मुख्य आधार मानिने घोरेटो बाटो बनाउने काम पनि सँगसँगै भइरहेको छ ।

धेरै सुबिधा थपिँदै गएपनि इन्टरनेटको सुबिधा उपलब्ध हुन नसक्दा बैँक तथा सरकारी काम गर्न कठिन भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

कृषि, पशुपालन जडिबुटी र पर्यटन व्यवसायमा रमाउँदै आएका यहाँका मानिसहरु अहिले ब्याबसायिक खेतीपातीमा पनि आकर्षित हुँदै गएका छन ।

आलु, गहुँ, करुमा आत्मनिर्भर भएकाहरुले अहिले घरघरमा टनेल बनाएर तरकारी खेती पनि शुरु गरेका छन ।

स्थानीय तहको निर्बाचनपछि विकट गाउँ नार्पाभूमिका स्थानीय सिंहदरबारको सुबिधा विस्तारै गाउँमा आएको महसुस गर्न थालेका छन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.