पुण्य गौतम पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Wednesday 4 November 2020

पुण्य गौतम पक्राउ


काठमाडौं, १९ कात्तिक :
शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो ।

गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.