नेकपा ओली समूहको बैठकले बदर गर्‍याे प्रचण्डको कार्यकारी अधिकार - pharaksandesh.com

मुख्य समाचार


Thursday, 24 December 2020

नेकपा ओली समूहको बैठकले बदर गर्‍याे प्रचण्डको कार्यकारी अधिकार


काठमाडाैँ, ९ पुस :
नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार बदर गरेको छ । केन्द्रीय कमिटी र स्थायी कमिटीकाे बैठकले प्रचण्ड कार्यकारीको जिम्मेवारी बहन गर्न सक्षम नभएको निष्कर्ष निकाल्दै उहाँको कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको हाे ।

ओली समूहले बिहीबार नै संशाेधित विधान निर्वाचन आयोगमा दर्ता गरेको छ । साथै बैठकले सातवटै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारीसमेत तोकेको छ । सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिनुभएकाे छ  । राजधानीको लागि कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ ।

यस्तो छ जिम्मेवारी ताेकिएकाे तालिका
प्रदेश १ : सुवास नेम्वाङ, 
प्रदेश २: सत्यनारायण मण्डल
वागमती : ईश्वर पोखरेल
गण्डकी : पृथ्वीसुब्बा गुरुङ
लुम्बिनी : शंकर पोखरेल
कर्णाली : मणी थापा
सुदूरपश्चिम : लेखराज भट्ट
जनवर्गीय संगठन : टोपवहादुर रायमाझी
राजधानी उपत्यका : कृष्णगोपाल श्रेष्ठ

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटनलाई कू’ काे संज्ञा दिँदै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको थियो। ओलीलाई अध्यक्षबाट हटाएर सो स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.