अन्टार्कटिका महादेशसम्म पुग्यो कोरोनाभाइरस सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 23 December 2020

अन्टार्कटिका महादेशसम्म पुग्यो कोरोनाभाइरस सङ्क्रमण


काठमाडाैँ, ८ पुस : हालसम्म कोभिड-१९ मुक्त रहिआएको अन्टार्कटिका महादेशमा पनि कोरोनाभाइरस पुगेको छ।

चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो।

सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ।

अधिकारीहरूका अनुसार सङ्क्रमित सबैलाई उद्धार गरी चिले पुर्‍याइएको छ।

प्रभावित
बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो।

त्यहाँ सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोनाभाइरस फैलिन पुगेको छ।

सार्गेन्टो एल्डीआ नामक पानीजहाज गत २७ नोभेम्बरमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिले फर्केको थियो।

ताल्कावानोस्थित चिलेको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।

चिलेले अन्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गरिआएको छ।

कोरोनाभाइरसबाट ल्याटिन अमेरिकी मुलुकमध्ये चिले छैटौँ सबैभन्दा नराम्ररी प्रभावित मुलुक हो।

त्यहाँ अहिलेसम्म ५,८५,००० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

ब्रिटिश अन्टार्कटिक सर्भेले कोरोनाभाइरस महामारीलाई दिएर अनुसन्धान कार्य रोक्न लागेको गत अगस्ट महिनामा घोषणा गरेको थियो।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.