जनकपुरधाम, ९ पुस : जनकपुरधामको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । बिहीबार बिहान साढे १० बजेदेखि लागेकाे आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयाे ।
जनकपुरधाम उपमहानगरपालिकको वारुण यन्त्र खराब भएपछि अन्य नगरपालिकाका वारुण यन्त्र जनकपुर ल्याएर आगो निधाउने प्रयास गरिएको बस्नेतले बताउनुभयाे ।
जनकपुरधामको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट आगलागी सुरु भएको थियो । आगलागीबाट पहिलो तल्ला र दोस्रो तलामा भएका पसलका सामान जलेर पूणरुपमा नष्ट भएको छ ।
भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ । क्षतिको विवरण आउन बाँकी छ । मिथिला डिपार्टमेन्ट स्टोर जनकपुरका पुरानो डिपार्टमेन्ट स्टोर हो ।

No comments:
Post a Comment