महिला साथीको अश्लील भिडियो पोर्न साइटमा राखेर पैसाको बार्गेनिङ गर्ने व्यक्ति पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 24 December 2020

महिला साथीको अश्लील भिडियो पोर्न साइटमा राखेर पैसाको बार्गेनिङ गर्ने व्यक्ति पक्राउ


काठमाडाैँ, ९ पुस :
आफ्नै महिला साथीको अश्लील भिडिओ पोर्न साइटमा राख्ने तथा नग्न तस्बिर सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुर घर भइ थाइल्याण्डमा बस्ने एक महिला साथीको अश्लील भिडिओ बनाएर विभिन्न साइटमा राखेको तथा नग्न तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा हेटौँडाको पारिजात पथका अस्लम अन्सारीलाई प्रहरीले पक्राउ गरको हो ।

अन्सारीले पोर्न साइट र सामाजिक सञ्जालमा राखेका भिडिओ र नग्न तस्बिर हटाउन भन्दै पीडित महिलासँग एक हजार ९८ डलरसमेत माग गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । पक्राउ परेका अस्लम अन्सारीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा चलाइनेछ । 

यस्तै फेसबुकमा पेज बनाएर आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर पठाउने, अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने काम गरेको आरोपमा गोरखा घर भइ अहिले ललितपुर बस्ने रोलकबहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.