काठमाडाैँ, १५ माघ : सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नपाएकाे भन्दै मनमोहन मेमोरियल अस्पताल काठमाण्डाैका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् ।
मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । त्यस सहमतिको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू धर्नामा बसेर विरोध जनाएका हुन् ।
व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको कर्मचारीहरूको भनाइ छ ।
आफूहरूको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूकाे भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखिएको छ ।
No comments:
Post a Comment