के छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दिएको पत्रमा ? (पत्रसहित) - pharaksandesh.com

मुख्य समाचार


Monday, 11 January 2021

के छ प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई दिएको पत्रमा ? (पत्रसहित)


काठमाडौं, २७ पुस :
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन केन्द्रित कुनै पनि कार्यक्रम अगाडि नबढाउन आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले पत्र बुझाएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु सोमबार निर्वाचन आयोगमा पुगेर आयोगलाई पत्र हस्तान्तरण गर्नुभएकाे हाे । पत्रमा सर्वोच्च अदालतको फैसलाअगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु निरर्थक र प्रयोजनहीन हुने उल्लेख छ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस्तो अवस्थामा चुनावी प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको दाहाल–नेपाल समूहले जनाएको छ । सर्वाेच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको दाहाल–नेपाल समूह पक्षका नेता लिलामणि पोखरेलले बताउनुभयो ।

साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सम्बन्धित कागजातको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्र टुङ्गो लगाउने प्रारम्भिक काम मात्रै गरिएको र अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो । आयोगले आयोगको तटस्थतामा शङ्का नगर्न पनि भनेको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै चुनावको मिति घोषणा गर्नुभएको थियो । यसको विरोधमा सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ । केपी ओली पक्ष चुनावको तयारीमा जुटेको छ भने प्रचण्ड–नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ ।
यस्तो छ पत्र


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.