नेकपा छोरीबुहारी र सम्धीको पार्टी होइन : प्रधानमन्त्री ओली - pharaksandesh.com

मुख्य समाचार


Friday, 8 January 2021

नेकपा छोरीबुहारी र सम्धीको पार्टी होइन : प्रधानमन्त्री ओली


धनगढी, २४ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सम्धी र छोरीबुहारीको पार्टीमात्र नभएको बताउनुभएकाे छ । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नेकपा नातागोताको नभएर जनताको पार्टी भएको बताउनुभयाे ।

पुष्पकमल दाहाल’–माधव नेपाल समूहलाई लक्षित गर्दै उहाँले भन्नुभयाे, ‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।’

सुदूरपश्चिमलाई कसैले पनि पछाडि पार्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सुदूरपश्चिमका सम्पूर्ण समस्याबारे आफूलाई जानकारी भएको बताउँदै उहाँले विगतमा पछाडि परेको सुदूरपश्चिमर्ला अब कसैले पछाडि पार्न नसक्ने बताउनुभयाे । उहाँले सुदूरपश्चिमको विकासका लागि थुप्रै योजना बनाएको बताउनुभयाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.