एक दिन पनि तलमाथि नगरी ताेकिएकाे मितिमै निर्वाचन हुने : प्रधानमन्त्री ओली - pharaksandesh.com

मुख्य समाचार


Saturday, 9 January 2021

एक दिन पनि तलमाथि नगरी ताेकिएकाे मितिमै निर्वाचन हुने : प्रधानमन्त्री ओली


काठमाडाैँ, २५ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।

शनिबार काठमाडाैँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताउनुभएको हो । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्र मास्न लागेको आरोप लगाइएको भन्दै लोकतन्त्र जोगाउन जेलनेल भोगेर आएकाले निर्धारित मितिमै निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन संवैधानिक भएको जिकिर गर्नुभयो । सर्वोच्च अदालतलाई सडकबाट प्रभावित गराउन खोजिएको भन्दै उहाँले स्वतन्त्र न्यायपालिकाको कदर गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश र संविधान माथि संकट नपरी स्वार्थी तत्वहरुको स्वार्थमा संकट परेको टिप्पणी गर्नुभयो । उहाँले सरकारलाई काम गर्न नदिने, संविधानको कार्यान्वयन हुन नदिने, संवैधानिक आयोगहरुलाई पूर्णता दिन नचाहाने लगायतका विभिन्न अवरोधहरु सिर्जना गरिएका कारण देशमा बाँकी रहेको अवधिलाई खेर नफाल्न निर्वाचनमा जानुपर्छ भनि निर्वाचन घोषणा गरेको बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.