काठमाडाैँ, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानकाे पक्षमा हुने बताउनुभएकाे छ ।
शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामामा बाेल्दै निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा नटेकेको आफूलाई अहिले निरंकुशको संज्ञा दिएको बताउनुभयाे । प्रधानमन्त्री ओलीले आफू सँधै नागरिक सर्वोच्चता र स्वाभिमानका पक्षमा रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले घोषणा गरिएकै मितिमा चुनाव हुने दाबी पनि गर्नुभएको छ । नयाँ जनादेशका लागि चुनाव घोषणा गरेको भन्दै चुनावको मितिमा कुनै तलमाथि नहुने बताउनुभयाे ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताउनुभयो । उहाँले चुनावमार्फत् यसको जवाफ पाउने भन्दै अहिले पार्टीमा शुद्धिकरणको काम भइरहेको दाबी गर्नुभयो ।
No comments:
Post a Comment