राजमार्गसँग जोडियो आमा छोदिङ्मो गाँउपालिका - pharaksandesh.com

मुख्य समाचार


Saturday, 9 January 2021

राजमार्गसँग जोडियो आमा छोदिङ्मो गाँउपालिका


रसुवा, २५ पुस :
रसुवाको आमा छोदिङ्मो गाँउपालिकाको एक र दुई नम्बर वडा राष्ट्रिय राजमार्गसँग जोडिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र हाकु गाँउको बीचमा त्रिशुली खोलामा बेली बृज पुल निर्माण भएपछि गल्छी त्रिशुली,मैलुङ,स्याफ्रुबेसी रसुवागढी सडकसँग जोडिएको हो । माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाले आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाहरुको माग बमोजिम बेलिबृज पुल निर्माण गरिएको आयोजनाका कर्मचारी गिरिराज अधिकारीले बताउनुभयो ।

आयोजनाका अनुसार छ करोड ८० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.