काठमाडौँ। जाडो मौसमको सुरुवात भएसँगै मानिसहरु चिसोजन्य रोगहरुबाट पिडित हुने गर्दछन्। चिसो मौसममा प्राय मानिसहरुलाई रुघा, खोकी, हाडजोर्नी दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ। विभिन्न अनुसन्धानका अनुसार चिसो मौसमले व्यक्तिको प्रतिरक्षा प्रतिक्रिया मा प्रतिकूल असर गर्ने र शरीरलाई संक्रमणसँग लड्न असक्षम बनाउँदछ।
शरीरमा भिटामिन डीको कमि, चिसोका कारण अधिकांस समय कोठामा वा एउटै स्थानमा बिताउँदा, कम तापक्रमले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने, चिसो मौसममा रक्त बाहिनी संकुचन हुँदा शरीरमा विभिन्न किसिमका समस्या उत्पन्न हुने गर्दछन्।
८ रोग र प्राकृतिक उपचार
१. हाडजोर्नी दुख्ने समस्याका लागि कपुर
जाडो मौसममा हाडजोर्नी दुख्ने समस्या सामान्य बन्दै गएको छ। यसका लागि एक कप तातो नरिवलको तेलमा एक ठूलो कपूर राख्नुहोस् र त्यस कपुरलाई पग्लिन दिनुहोस्। त्यसपछि नरिवल र कपुर मिश्रण भएको उक्त तेलले दुखेको वा जोर्नीहरुमा राम्रोसँग मालिस गर्नुहोस्। कपूरले रक्त संचार राम्रो बनाउनुका साथै सुन्निने र दुख्ने समस्यालाई कम गर्दछ।
२. खोकीको लागि मिश्री
आयुर्वेदकाअनुसार मिश्रीले जमेको कफ हटाएर खोकीलाई कम गर्दछ। यसका लागि दिनमा दुईपटकसम्म मुखमा मिश्रीको एउटा सानो टुक्रा राखेर त्यसलाई मुखमै पगाल्नुहोस्। यसो गर्दा घाँटी दुखाइमा पनि कमि आउनुका साथै खोकी पनि कम हुने गर्दछ।
३. घाँटी दुखाइका लागि बेसर दुध
एक कप उमालेको दुधमा आधा चम्चा बेसर र एक चिम्टी मरिच मिलाएर पिउँदा घाँटी दुख्ने समस्या हटेर जाने गर्दछ। यसलाई बिहान र बेलुका गरेर दिनमा दुईपटकसम्म पिउन मिल्छ। बेसारमा एन्टिइन्फ्लेफेमेटरी गुण भएका कारण यस प्रक्रियामा फाइदा पु¥याउँछ।
४. टाउको दुख्ने समस्याका लागि अदुवा चिया
अदुवामा वाष्पशील तेल हुन्छ, जसले पेनकिलरको रूपमा काम गर्दछ र टाउको दुख्ने समस्यालाई राहत प्रदान गर्दछ। यसका लागि अदुवालाई कुटेर चियापत्तिसँग उमालेर पिउँदा टाउको दुख्ने समस्या तुरुन्त कम हुने गर्दछ।
५. अपचको लागि सौंफ
मानिसमा चिसो मौसममा खाना पचाउन सक्ने शक्ति कम हुने गर्दछ। जसका कारण एसिडिटी, ग्यास्ट्रिकजस्ता समस्या निम्तिन सक्दछ। यसका लागि खाना खाइसकेपछि अलिकति सौंफ चपाउँदा वा सौंफको काडा पानी बनाएर पिउँदा एसिडिटी, ग्यास्ट्रिक र खाना नपच्ने समस्या हटेर जान्छन्।
६. सुक्खा र चिलाउने छालाका लागि घ्यूकुमारी
अचानक तापमान र आर्द्रतामा कमि आउनुका कारण छालामा सुख्खापन हुने र चिलाउने समस्या बढ्ने गर्दछ। यस्तो अवस्थामा घ्यूकुमारीको जेल वा बजारमा पाइने घ्यूकुमारीबाट बनेको मोइस्चराइजर प्रयोग गर्दा यस समस्याबाट राहत मिल्ने गर्दछ।
७. बन्द नाक खोल्नका लागि तातो पानीको बाफ
जाडोयाममा नाक बन्द हुने समस्या सामान्य हो। यस्तो अवस्थामा एउटा भाँडामा पानी उमालेर एक थोपा निलगिरीको तेल राख्नुहोस् र यसको बाफ लिनुहोस्। दिनमा दुईपटकसम्म यस प्रकियालाई गर्दा छातीबाट कफ हटाउँदै नाक बन्द भएको समस्यालाई पनि तत्काल निर्मूल गर्दछ।
८. पिनासका लागि तुलसीको काडा
पिनास निर्मूल गर्नका लागि तुलसीको काडा पानी एक प्रभावकारी औषधि हुन सक्छ। यसका लागि तुलसीको पात १२ ग्राम, कालो मरिच ११ ग्राम, मिश्री २० ग्राम, अदुवा २ ग्राम, र एक गिलास पानीको आवश्यकता पर्दछ। सबैलाई पानिमा मिलाएर आधा हुञ्जेलसम्म उमाल्नुहोस् र यसलाई चियासरह विस्तारै पिउनुहोस्। तुलसीको पातमा एन्टिइन्फ्लेफेमेटरी गुण भएका कारण साइनसबाट राहत प्रदान गर्दछ।
No comments:
Post a Comment